यारी भन्सार कार्यालय ३ महिना बन्द अत्यधिक चिसो बढेपछि
Society
यारी भन्सार कार्यालय ३ महिना बन्द अत्यधिक चिसो बढेपछि
onlinekhabar5 months ago
हुम्लाको हिल्सास्थित यारी नाका भन्सार कार्यालय अत्यधिक जाडोका कारण तीन महिनाका लागि बन्द गरिएको छ । चीनको ताक्लाकोटबाट व्यापारी र सामग्रीको आयात बन्द भएपछि पुसको दोस्रो हप्तादेखि कार्यालय बन्द गरिएको हो । भन्सार प्रमुख रामराज जैसीका अनुसार चैतको दोस्रो हप्ताबाट नाका पुनः सञ्चालन हुने छ । गत साउनयता कार्यालयले १८ लाख ६५ हजार रुपैयाँ राजस्व संकलन गरेको छ ।