सडक विस्तारमा समस्या मापदण्डविपरीतका संरचना नहट्दा
Transportation and Development
सडक विस्तारमा समस्या मापदण्डविपरीतका संरचना नहट्दा
ratopati5 months ago
कास्की — सडक अधिकार क्षेत्रभित्रका संरचना नहट्दा पोखरा–मुग्लिन सडक विस्तार प्रभावित भएको छ। मापदण्डविपरीतका घर, विद्युत् खम्बा र खानेपानी पाइप स्थानान्तरणमा ढिलाइ हुँदा काम सुस्त भएको सडक आयोजना कार्यालयले जनाएको छ। पश्चिम खण्डको भौतिक प्रगति ७४ प्रतिशत पुगेको छ भने ठेक्का अवधि तेस्रोपटक थप भई असार १५ गतेसम्म कायम छ।