चौतारा । चौतारा साँगाचोकगढी–१ लामिडाँडामा टिप्नै लाग्दा सुन्तलामा कीरा र रोग लागेर बोटबाट झर्न थालेपछि किसान चिन्तित छन्। औँसे कीरा र पतेरोको प्रकोपले उत्पादन नष्ट हुँदै गएको छ। कृषि विज्ञहरूले झरेका संक्रमित फल गाडेर नष्ट गर्न र रोग नियन्त्रणमा समय लाग्ने बताएका छन्।